गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष प्रचण्डले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
प्रचण्डले आइतबार गोरखा गएर उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि चितवन- ३ बाट उम्मेदवारी दिने चर्चा भए पनि प्रचण्ड अन्तिम समयमा गोरखामा उम्मेदवार बन्न गएका हुन्। प्रचण्डसँग उम्मेदवारी दर्ताका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा आएका छन्।

२०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका प्रचण्ड २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सिरहा ५ बाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट निर्वाचित प्रचण्ड यस पटक भने गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएका छन् ।





















