चितवन । आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्वर ३ बाट माओवादी केन्द्रले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज (शनिवार) बसेको जिल्लाको बैठकले अधिकारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अधिकारी भरतपुर अस्पतालका अध्यक्ष तथा पुष्पाञ्जली अस्पतालका संचालक हुन् ।गत संसदीय निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उक्त क्षेत्रबाट निर्वाचित भएका थिए
अहिले पाँच दलीय गठबन्धनका तर्फबाट डा. अधिकारी उम्मेदवार रहेका छ्न् । प्रचण्ड चितवन छाडेर गोरखा गएपछि उक्त क्षेत्रमा को उम्मेदवार हुने भन्ने चर्चा चलेको थियो । चिकित्सा पेशामा सक्रिय रहँदै आएका अधिकारी उक्त क्षेत्रको बासिन्दा समेत हुन् ।





















