काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठक केही बेरमै स्थगित भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बसेको बैठक केही बेरमै स्थगित भएको हो ।
बाढी पहिरोले देशभर वितण्डा मच्चाइरहेकाले उद्दारमा लाग्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ । बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले विपतमा परेकाहरुलाई सबै मिलेर सहयोग गर्न आग्रह गर्नुभयो ।





















