चितवन : महिला वालवालिका तथा समाजकल्याण मन्त्री बनेकी उमा रेग्मीका पिए हेमांक भण्डारीले सरकारी सवारी साधनको व्यापक दुरुपयोग गर्ने गरेका छन ।
भण्डारीले बा २ झ २६१५ नम्बरको मन्त्रालयको सरकारी प्लेटको ईस्कोरपीयो घरयासी काममा प्रयोग गर्दै आएको पाइएको छ। दशै विदा नीजि सवारी प्रयोग गर्नु सट्टा उनले सरकारको पावर देखाउदै घरायसी काममा प्रयोग गर्ने गरेको स्थानीयले बताएका छन् ।
भरतपुर ७ क्यान्सर अस्पताल नजिक घर भएका भण्डारीले सरकारीगाडीमा आफन्त बोक्ने देखि दशैँको मुखमा आफन्तमा लैजाने गरेको गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन ।





















