काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो परिवारका सदस्यलाई दशैँको टीका लगाइदिएका छन्।
उनले काठमाडौंको खुमलटारस्थित प्रचण्ड निवासमा छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दशैँको टीका लगाइदिएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पनि दशैंको टीका लगाएनन्।
छोरी (भरतपुर मनपा) मेयर रेनुका दाहाल, बुहारी बिना मगर लगाएत स-परिवारको तस्बिर छोरी गंगा दाहालले राखेकी छिन् ।


प्रचण्डका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले प्रचण्डले टीका लगाइदिएको फोटो सार्वजनिक गरेकी छन्।






















