चितवन । पाँच दलिय गठबन्धनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन नगर्न अपिल गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको पाँच दलिय गठबन्धन चितवनको बैठकले यस्तो निर्णय गरेको हो । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डले चितवन क्षेत्र नम्बर ३ छोडेर गोरखा २ बाट उठ्ने चर्चा चलिरहेको छ ।
गठबन्धनले प्रचण्ड चितवन छोडेर अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएको भन्दै ध्यानाकर्षण समेत जनाएको छ । मुलुकको संविधान, लोकतन्त्र, शान्ति र बिकासका लागि प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक हुने बैठकको निष्कर्ष छ ।
बैठकले प्रचण्डलाई पुन: चितवनको अभिभावकको भूमिका निर्वाह गर्न अपिल गर्ने निर्णय गरेको कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले बताए । यस्तै बैठकले असोज २३ गते हुने मनोनयन दर्तालाई प्रभावकारी बनाई निर्वाचनलाई उत्साहप्रद बनाउन गठबन्धनमा आवद्ध दलहरुबाट २-२ जना सदस्य रहने गरी तयारी समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
पाँच दलिय गठबन्धन चितवनका अध्यक्ष नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षमा सम्पन्न बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज न्यौपाने लब्ली, राष्ट्रिय जनमोर्चाका बिष्णु पौडेल र जनता समाजवादीका प्रेमराज भुजेल लगायतकाको सहभागिता थियो ।
यस्तो छ बैठकका निर्णयहरु























