चितवन / चितवन पर्सा सम्पर्क मञ्च को संयोजकमा अधिवक्ता अनिल कुमार पौडेल चयन भएका छन् । पुर्व पर्सा जिल्ला घर भइ हाल चितवन तथा पुर्बी नवलपरासी जिल्लामा बसोबास गर्नुहुने सम्पूर्ण महानुभावहरु बिच आपसी सम्बन्ध पुनर्ताजगी गर्दै आउदै गरेको नेपालीहरुको महान चाडपर्व बिजया दशमी, दिपावली, नेपाल सम्वत तथा छट पर्वको शुभकामना आदन प्रदान कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा उपस्थित महानुभावहरुले पुर्व पर्सा जिल्ला घर भइ हाल चितवन तथा पुर्बी नवलपरासी जिल्लामा बसोबास गर्नुहुने सम्पूर्ण महानुभावहरु बिच आपसी हित अभिबृदिका लागि चितवन पर्सा सम्पर्क मञ्च स्थापना गरि अगाडि बढने निर्णय गरि अधिवक्ता अनिल कुमार पौडेल ज्यूको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको छ ।

मञ्चले पुर्व पर्सा जिल्ला घर भइ हाल बसाइँसराइ, ब्यावसाय, अध्ययन तथा विविध कारणले चितवन तथा पुर्बी नवलपरासी जिल्लामा बसोबास गर्नुहुने सम्पूर्ण महानुभवहरु लाई गोलबध गरि आपसी हित तथा सहकार्यका कार्य गरिने कुराको जानकारी कार्यक्रममा उपस्थित देवनारायण भारती ज्यूले जानकारी गराउनु भएको छ।





















