काठमाडौं । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले टिकट वितरणमा आफुहरुलाई अन्याय भएको भन्दै धर्ना दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तयार गर्दा एकलौटी रूपमा तयार पारेको भन्दै असन्तुष्ट पक्षले सानेपामा धर्ना दिएको हुन् ।
समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रुपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरुे धर्ना बसेका हुन् ।
आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयलाई लिएर पछिल्लो समय नेपाली कांग्रेसभित्र विवाद बढ्दै गरेको छ।
शेखर पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन् ।
यो समूहले सिट बाँडफाँटमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ ।





















