झापा। नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष तथा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुशीला संग्रौलाका पति मृत अवस्थामा फेला परेका छन्।
झापाको अर्जुनधारा १० कालीझोडास्थित प्रगति सामुदायिक वनमा संग्रौलाका पति देवीप्रसाद पोखरेल मृत अवस्थामा फेला परेका हुन्। बिर्तामोड नगरपालिका ४ मा स्थायी बसोवास रहेका ६३ वर्षीय पोखरेल शनिबार अपरान्हदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज आइतबार बिहान चारआली जंगलमा मृत अवस्थामा फेला परेको बताइएको छ।
केही दिनअघि इलाम जाने भनी घर बाहिर रहेका पोखरेलको शव घोप्टो परेको अवस्थामा स्थानीयहरुले फेला पारेर प्रहरीलाई खबर गरेका थिए।पोखरेलको शवको पोस्टमार्टमको लागि जिल्ला अस्पताल भद्रपुरमा राखिएको छ। मृतक पोखरेलका एक छोरा र एक छोरी रहेका छन्।





















