चितवन । भरतपुर महानगरपालिकाका संस्थागत विद्यालयहरुले गरेको शूल्क वृद्धि गरेको प्रति अखिल ९क्रान्तिकारी० भरतपुरको गम्भीर ध्यानकार्षण भएको जनाएको छ ।
अखिल (क्रान्तिकारी ) भरतपुर महानगरपालिकाका संयोजक पिङगल राज पन्तद्धारा सोमबार जारी गरिएको विज्ञप्तीमा गरिब अभिभावकको ढाड सेक्ने गरी गरिएको २० प्रतिशत शूल्क वृद्धि फिर्ता गर्न माग गरिएको छ । निजी विद्यालयहरुलाई व्यपारिक केन्द्रको रुपमा विकास भएको भन्दै अखिल (क्रान्तिकारी ) भरतपुरले शूल्क वृद्धि फिर्ता नभए चरणवद्ध अन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
कोभिड–१९ को चपेटामा परेर सबै ब्यबसाय एवं अर्थतन्त्र नै धरासयी बनेको वर्तमान अवस्थामा विद्यार्थीहरुबाट शुल्क असुल्ने कार्य स्वीकार्य नहुने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै भरतपुर महानगरपालिकाको शिक्षा शाखालाई चर्को शुल्क अशुल्ने निजी संस्थागत विद्यालयहरुलाई कारबाहीको दायारामा ल्याउन ध्यानाकर्षण गरिएको छ ।
वर्तमान समयमा कोभिड–१९ को प्राभव र अन्तर्राष्ट्रिय रूपमा देखियको आर्थिक मन्दी र मुल्य वृद्धिले आम जनता अभिभावक चरम समस्यामा परेको समयमा शूल्क वृद्धि उपयुक्त नभएको विज्ञप्तीमा भनिएको छ ।
प्रेस विज्ञप्ति
त्याग बलिदान र समर्पणको रक्तरञ्जित इतिहास निर्माण गर्दै सडक बाघको रुपमा स्थापित सर्वहारा वर्गिय विद्यार्थीहरुको सर्वश्रेष्ठ एवम् नेपाली विद्यार्थी आन्दोलनको आस्था र भरोसाको केन्द्र हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) विगत लामो समय देखि शिक्षामा देखिएको विकृति, विसंगति निजिकरण, भष्ट्रचार र व्यापारीकरणको विरोध गर्दै विद्यार्थीको हक र हितको लागी संघर्ष गर्दै आएको कुरा आम जनसमुदायमा सर्बविदितै छ ।
बर्तमान समयमा कोभिड-१९ को प्राभव र अन्तर्राष्ट्रिय रूपमा देखियको आर्थिक मन्दी र मुल्य वृद्धिले आम जनता अभिभावक चरम समस्यामा परेको सर्बबिबिधै छ,यस्तो विषम परिस्थितिमा हिजो फेरि भरतपुर महानगरकाको सस्थागत बिधालयले २० प्रतिशत शुल्क वृद्धि गरेको प्रती हाम्रो संगठन अखिल क्रान्तिकारी भरतपुर महानगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
निरन्तर शुल्क वृद्धि मात्रै गर्ने र गरीब आम अभिभावकको ढाड सेक्ने निजि सस्थागत बिधालयको ब्यपार केन्द्रीय रबैया/प्रवृत्तिको हामी जोड्दार बिरोध गर्दछौ । साथै तुरुन्तै शुल्क वृद्धि फिर्तालिन र विद्यार्थी अभिभावक बाट चर्को शुल्क अशुल गर्ने कार्य बन्द गर्न चेतावनी समेत दिन चाहान्छौ शुल्क वृद्धि प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
कोभिड-१९ को चपेटामा परि सबै ब्यबसाय एवं अर्थतन्त्र नै धरासयी बनेको बर्तमान स्थितिमा अभिभावक तथा विद्यार्थीहरुलाइ शुल्क अशुल्न दवाव दिने कुरा कुनैपनी हालतमा स्वीकार्य वा क्षम्य नहुने कुरा सम्बन्धित सबैमा जानकारी गराउछौ ।महानगरपालिका भित्र यस्त्यो गतिविधि तत्काल रोक्न माग समेत गर्द्छौ ।
यदि हाम्रो मागलाई अटेर गरि यस महानगरभित्रको निजि सस्थागत बिधालय हरुले शुल्क उठाउने प्रयत्न गरेमा हामि आन्दोलन मार्फत विद्यार्थी /अभिवाभक को माग पूरा गराउन बाध्य हुनेछौ । साथै भरतपुर महानगरपालिकाको शिक्षा शाखालाई पनि चर्को शुल्क अशुल्ने निजि सस्थागत बिधालयहरु लाइ कारबाहीको दायारामा ल्याउन ध्यानाकर्षण गर्दछौ ।
संयोजक
पिङगल राज पन्त
अखिल (क्रान्तिकारी) भरतपुर महानगरपालिका





















