नर्सिङ शिक्षा त धेरैले हासिल गरे,
तर
त्यसको व्यावहारिक प्रयोजन शून्य देखियो।
महिलाहरुको समस्या महिलाले नै नबुझुदिने !!
शल्य क्रिया गराई आमा भएकीको दुखाई पनि, आमा बनी सकेको महिलाले नबुझी दिने !!
त्यसैले नर्सिङमा सामूहिक कार्य शून्य भेटियो !!
वरिष्ठ उपाध्यक्ष नर्सिङका नै भएकोले,
पाखा लगाउने कार्य गरिएको अनुभूति धेरै गरियो।।
अन्यका वरिष्ठ उपाध्यक्ष अति नै महान,
नर्सिङका नै वरिष्ठ सबैकालाई अति नै बेकाम !!
कारण महिला मात्र भाको पेशा नर्सिङ,
दासत्व स्वीकार गरिनु पर्ने हस्तीहरुको बाहुल्यता महान !!
त्यसैले होला हस हजुर, हुन्छ हजुर जहाँ छन् महान !!!
सत्य वचन, सत्य कर्म गर्ने जति हुन्छ काम नलाग्ने महान !!!
राजनीति चाकरी होइन,
हस हजुर भन्ने !!
राजनीति बन्देज होइन,
बोल्न नपाउने !!
राजनीति टपक्क टिपेर आफ्ना आसेपासे भर्ने भीड होइन,
ताकि स्वतन्त्र बालेन र हर्क साङपाङ जस्ताले प्रसय पाउने !!
तर,
सत्य लेख्नु नै पर्ने छ,
सत्य बोल्नु नै पर्ने छ।
राजनीति उल्टो दिशामा घुम्ने बनाए पछि,
जरूर बालेन् र हर्क साङपाङहरु जस्ता धेरै आउनै पर्दछ।
नर्सिङ स्वास्थ्यसेवा क्षेत्रमा दास होइन,
हस हजुर, हुन्छ हजुर भन्ने ल्याउनु पर्दछ र !!
उनैका अगी पछि लाग्ने नै नेतृत्व टीके बनाउनु नै पर्दछ र !!!
महासंकाटको बेला पार्टी भन्दै युद्द मोर्चाको नेतृत्व सम्हाल्ने,
दिनरात नभनी एक पक्ष आधिकारिकता जोगाउने,
अनेकौं धम्की र सास्ती बीच अडिग रहने,
देशको चारै दिशा कुद्न पछि नहट्ने,
आफ्नै पार्टीका नेतृत्वमा रही खै आधिकारिकता भनी जोक गर्ने,
अधिकार दिलाउन सघाउनु त कता हो कता,
उल्टै अर्को पक्षसँग मिल्नु पर्छ भन्न पछि नपर्ने,
सम्मेलनमा आएर निर्णय लिने निर्णायक मण्डलीको अध्यक्ष भए पछि,
नेता जति उनैका मात्र कुरा सुन्ने भए पछि !!
कुरी कुरी लाग्नु स्वाभाविक नै हो, यस्तालाई देशभरी सबैले चिन्ने र भन्ने नै भए,
यस्ताको भीडबाट अल्लग्गिएर असल मान्छे बस्ने नै भए।।
( लेखक रमेश सुब्बा नर्सिङ सङ्घको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)





















