चितवन / वाईसीएल चितवनलाई एकताबद्ध र बलियो बनाएर लैजाने वाईसीएल संयोजक कमल कडेलेले बताउनुभएको छ । शनिबार वाईसीएल केन्द्रीय कार्यलय समिति बैठकले कडेललाई चितवनको संयोजक बनाएको हो ।
संयोजक भएपछि पहिलोपटक सामाजिक सन्जाल फेसबुकमा लेख्दै कडेलले वाईसीएललाई एकढिक्का बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सधैंभरि अविचलित पार्टी र आन्दोलनको रक्षा एवं विकासको लागि अग्रमोर्चा रहेर काम गर्ने उहाको भनाई छ । उहाँले सङगठनमा लागेको २० वर्षमा पाएको जिम्मेवारी उचित तरिकाले निर्वाह गर्ने वताउनुभयो ।
कडेलले अब चितवनको वाईसीएल निर्वाचन केन्द्रीत हुने बताउनुभयो । पाटी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई क्षेत्र नं ३ बाट जसरी पनि जिताएर छाड्ने उहाँको दावी छ ।





















