चितवन । माडीका निवर्तमान नगर प्रमुख ठाकुर प्रसाद ढकालले कसैले पार्टी छाड्दैमा ‘प्रचण्ड’ हार्छन् भन्ने नहुने तर्क गरेका छन् ।
उनले भनेका छन् पार्टी छाड्न पाउनु उसको नैसर्गिक अधिकार हो । त्यसैले कम्युनिष्ट पार्टी बिचार र दिष्ट्रिकोणको आधारमा निर्माण भएको हुन्छ । तर समाजमा अनावश्यक कोलाहल र भ्रम सिर्जना गर्नेहरूले नै गलत प्रचार गर्दै हिडेको आरोप लगाए । बिगतमा आँफु हुर्किएको पार्टी र धरातल बिर्सिएर अरुको लहलहैमा लागेर पार्टी परित्याग गर्नु यमबहादुर परियार ‘इन्द्रजित’ को ठुलो भुल भएको बताए ।
नेकपा माओवादी केन्द्रमा निकै लामो समय रहेर जिम्मेवारी पदमा बसेर पार्टी छाड्नु उनी आफैंमा अहमता भएको बताए । हिजोआज उनको नाम लिएर प्रचण्डको कमान्डर नै नेकपा एमालेमा प्रवेश गरिसके अब प्रचण्ड हार्नु बिकल्प बाहेक अरु केही नरहेको भन्दै गलत ब्याख्या र तर्क गर्न विपक्षीहरु लागेको बताए ।
उनले भने, काग कराउँदै जान्छ तर पिना सुक्दै जान्छ । प्रचण्डको बारेमा गलत अफवाह फैलाउनेहरुलाई पनि राम्रोसँग थाहा छ । बिगतको माडी र अहिलेको माडीमा भिन्नता छुट्टाउन हिजो खैरहनीका बासिन्दा बर्षाको समयमा मगोई खोलाको कारण बिस्थापित हुनुपर्ने समस्या आज समाधान भएको छ ।
खोलाहरुमा पुल नहुँदा बर्षातमा गाडामा चढेर हिड्नुपर्ने समस्या थियो । अस्पताल नहुँदा भरतपुर जानुपर्ने समस्या थियो । पहिला माडीका बिद्यार्थी उच्च शिक्षा लिन भरतपुर जानुपर्थ्यो अहिले नेपाल भरका विद्यार्थी माडी पढ्न आउनु माडीको बिकास हुनु हो ।
यसैगरी भरतपुर महानगरपालिकामा भएको बिकास पनि प्रचण्डकै पालादेखि भएको बताए । अवको निर्वाचनमा चितवन क्षेत्र नं. ३ मा फेरिपनि प्रचण्डकै जित हुने जिकिर गरे । अर्को कुरा माडीमा मालपोत नापी र प्रशासन ल्याएर जनतालाई प्रचण्डले राम्रो सेवा दिएको तर्क गरे । उनले भने केही तत्वहरु हिजोआज राप्रपाका नेता बिक्रम पाण्डे माडीका लागि बिकास प्रेमी हुन भन्दै गलत प्रचार गरेको बताए ।
बिकासप्रेमीको नाममा सबै काम पाण्डेले गरेका हुन भन्नु गलत भएको टिप्पणी गरे । उनी ठेकदार हुन् उनले पुल सडक बनाउनु नौलो कुरा होइन । तर पुल सडकको लागि बजेट पारेर बनाउन लगाउनु ठुलो कुरा भएको बताए ।





















