अछाम। अछाममा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ। कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा नौ जनाको मृत्यु भएको हो।
२० जना घाइते भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए। कमल बजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको मरासिनीले बताए।
त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिएर तीन जना घाइते भएको र एक जना पुरिएका छन्।
तुर्माखाद गाँउपालीकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए।
फाइल फोटो





















