काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह प्रदेश सभाका लागि पार्टीबाट उम्मेदवार सिफारिस भएकी छन्।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी अध्यक्ष सिंह कर्णाली प्रदेशको सुर्खेत क्षेत्र नं २ ख बाट सिफारिस भएकी हुन्।
यो क्षेत्रमा बिन्दमान बिष्ट र गंगाराम विकको नाम पनि सिफारिस भएको छ। कर्णालीका २४ प्रदेश सभामध्ये माओवादी केन्द्र उम्मेदवार सिफारिस गरेकी सिंह एक्ली महिला हुन्।
माओवादी केन्द्रले महिला सिफारिस भएर आएमा प्राथमिकता दिने मापदण्ड बनाएको छ।





















