चितवन / नेपाल फोटो पत्रकार महासंघको अध्यक्षमा हरिप्रसाद रेग्मी निर्वाचित भएका छन् । चितवनको सौराहामा सम्पन्न दोस्रो केन्द्रीय महाधिवेशनले रेग्मीलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।
चितवनको रत्ननगरका रेग्मी काठमाडौंलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् ।
महासंघको बरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्ष दीपक ज्ञवाली, महासचिवमा नरेशकुमार श्रेष्ठ, सचिवमा कोमलचन्द्र भगत, गजेन्द्र राई, हरिहर सिंह राठौर, सौरभ यादव, प्रभातकुमार झा, निश्चल चापागाईँ, भरत ढकाल, बाबुराम भण्डारी, विशाल सुनार र सचिव समाबेशीमा विवेक नागरी चयन भएका छन् ।
महासंघको कोषाध्यक्षमा किरण कुमार पन्थ तथा केन्द्रीय सदस्यमा एक नम्बर प्रदेशबाट राजेश पराजुली, मधेश प्रदेशबाट विजय चौहान,बागमती प्रदेशबाट प्रविन बराल, गण्डकी प्रदेशबाट दीपक गुरुङ, लम्विनी प्रदेशबाट ताराचन्द्र बर्मा, कर्णाली प्रदेशबाट सुरेश आचार्य, सुदुरपश्चिम प्रदेशबाट बीरेन्द्र शाह चयन भएका छन् । खुल्ला केन्द्रीय सदस्यमा बद्रि अर्याल र चित्रकुमार कार्की चयन भएका छन् ।





















