चितवन / नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशन सौराहामा भइरहेको छ । । महाधिवेशन आज (विहीवार) सौराहामा हुदैछ । महाधिवेशनमा देशभरबाट ४ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।
कार्यक्रका प्रमुख अतिथि रहेका वागमती प्रदेशका कानुन तथा आन्तरिक मामिला मन्त्री कृष्ण प्रसाद खनालले महाधिवेशनको बिहीवार सौराहामा उद्घाटन गर्दै तस्वीर आफै बोल्ने हुनाले तस्वीरले यथार्थ समाचार दिने र शुरुमा आफुले फोटो खिचेको बारेको आफ्नो अनुभव पनि बताए ।

तस्वीर कुन तरिकाले खिच्दा प्रमाणित सूचना दिन्छ फोटो खिच्ने पत्रकारमा भर पर्ने बताए । ईतिहासमा उल्लेख राख्ने किसिमका तस्वीरहरु खिचेर राख्न सकियो भने भावी पुस्ताले ती तस्वीरहरु हेरेर ईतिहासमा भएका घटनाहरुको बारेमा सजिलै बुझने मौका पाउने उनको भनाई छ । उनले पत्रकारिता पेशा मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, नेपाल फोटो पत्रकार महासङ्घका केन्द्रीय महासचिव हरि रेग्मी, केन्द्रीय सचिव सिर्जना अर्याल, नेकपा (एमाले) चितवनका सचिव प्रकाश खनाल (शैलेश) , नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विष्णु न्यौंपाने, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक नवराज अधिकारी, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बिहीवार (आज) बन्दसत्र गरी नयाँ कार्यसमिति चयन गरेर सौराहा घोषणपत्र जारी गर्दै महाधिवेशन सम्पन्न हुने महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिए ।
महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी एक /एकजना पदाधिकारी सहित कम्तीमा १७ सदस्यीय केन्द्रीय समिति चयन गरिने भगतले बताए ।






















