चितवन / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले देशको फाइदाका लागि पनि आफू चितवनबाटै निर्वाचनमा लड्नु पर्नेमा जोड गरेका छन्।
पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त धारणा राखेका हुन्।
सिङ्गो राष्ट्रलाई आर्थिक विकासको नयाँ मोडल बनाउन उद्देश्यका लागि विज्ञान प्रविधिको आधुनिक विकासका लागि त्यसको उर्वरभूमि चितवन भएको कारण पनि म चितवनमा उठ्न लागेको हुँ।
चितवनका जनतालाई प्रचण्ड यो ठाउँबाट नलडेर अन्तै जान्छ भन्ने भयो भने त्यहाँको जनतामा ठूलो निरासा आउने खतरा नजिकबाट देखेको छु,’ प्रचण्डले भने, ‘त्यसले देशलाई फाइदा गर्दैन। देशको फाइदाका निम्ति पनि मैले अहिले चितवनबाटै चुनाव लड्नु पर्छ।’





















