कहिले निधार कहिले यी आँखा चित्त बुझ्दैन
हपनाहरू देखीईरहन्छन् अनौठा चित्त बुझ्दैन
मजदुर दिनरात मेहनत गरेर बगैचा बनाउँछ
भन्छ मालीकले मेरो हो बगैंचा चित्त बुझ्दैन
अन्न अनाज समयमै पाउँछन् ती घरधनीहरू
ज्याला समयमै पाउँदैनन् खेताला चित्त बुझ्दैन
माया पिरतिमा पनि संका उपसंका गर्ने बानी
यसो सोचीरहन्छु तिम्रो तरीका चित्त बुझ्दैन
अरू कसैलाई केहि कुराको दोष लगाउनु पैले
ऐनामा हेरीरहन्छु आफ्नै चेहरा चित्त बुझ्दैन
मिरा बराल
भरतपुर – १२ ,चितवन





















