चितवन / नेपाल विद्यार्थी सङघ नेविसंघ बिरेन्द्र क्याम्पस कमिटीको आयोजनमा भएको रक्तदान कार्यक्रममा ८० पुरुष र २१ महिला गरि १०१ जनाले रक्तदान गरेका छन ।
वी. पी. कोईरालाको १०९ औं जन्म जयन्ती एवम् नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिद्वारा देशव्यापी संचालित जनताको साथमा कांग्रेस अभियानको अवसरमा क्याम्पस कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले रगतको अभाव भईरहेको बेला नेविसंघले सराहनीय काम गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनाल , पुर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, उपसभापति राजिब न्यौपाने, सचिब ध्रुव पोखरेल, सहसचिव गोपाल दराई, प्रवक्ता अनमोल अधिकारी, भरतपुर १० का वडाअध्यक्ष परमेश्वर खनाल , पुर्व मन्त्री सावित्री वोगटी , महासमिति सदस्य प्रकास अधिकारी , महाधिवेशन प्रतिनिधि निलकण्ठ रिजाल , पूर्व महाधिवेशन प्रतिनिधि हरि पौडेल , काङ्ग्रेस १० नम्बर वडा सभापति गणेश गुरुङ , जिल्ला सदस्य जगन्नाथ न्यौपाने , कलावती भट्टराई लगाएतको उपस्थिति थियो ।
कार्यक्रममा कमिटीका सचिव आयुष पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । नेविसंघ क्याम्पस कमिटीका सभापति कुमार जोशीको अध्यक्षतामा कार्यक्रम भएको हो ।





















