चितवन । रोजगारीको सुनिश्चित , व्यवसायीकताको विकासको लागि पेशागत शिक्षा भन्ने मुल नाराका साथ होटेल सम्बन्धि आत्मविश्वास सहितको ज्ञान सिप र व्यवस्थापकीय क्षमता सिक्नको लागि आई एच डी सी( IHSDC ) एजुकेसन भरतपुरको वडा न ३ वेलचोकमा सञ्चालनमा आएको छ ।
सुन्दर, शान्त, वातावरणमा विद्यार्थीहरुलाई मनोरन्जन शैलि र सोचाईको विज्ञानको आधारमा पढाई हुने यस संस्थामा पढ्न विदेश जाने पार्टटाईम वा फुलटाईम नेपालमा रोजगारी खोज्ने होस् या नेपालमा व्यवसायीकता विकाश गर्न चाहने विद्यार्थीहरुको आकर्षण बनेको छ ।

Canada को Skill development council बाट समन्धन प्राप्त यस संस्थामा होटल / रेस्टुरेन्ट व्यवस्थापन , कफी टेनिङ्ग , कुक , वेटर , वेटरेस लगायत होटल सम्बन्धी सम्पूर्ण ज्ञान र सिप पाईने आई एच एस डि सी ( IHSDC ) का प्रवन्ध निर्देशक सुदिप पोखरेलले जानकारी दिए ।
सिङ्गापुर अस्ट्रेलिया दुबई जस्ता देशहरुमा पढाई तथा कामको अनुभव संगाली विगत ८ / ९ वर्ष देखि नेपालका विभिन्न स्तरिय होटल , पर्यटन सँग सम्बन्धीत संस्थाहरुमा परामर्श तथा तालीम सञ्चालनका अनुभव संगालेका पोखरेलले IHSDC Academy ले होटल क्षेत्रको तालीममा केही नयाँपन दिन खोजिएको बताए ।



यस संस्थाको शुभारम्भको उपल्क्षमा कफी टेनीङ्ग , कुक , वेटर लगायत विभिन्न सिपमुलक तालीमहरुमा आकर्षक छुटको व्यवस्था गरीएको IHSDC का निर्देशक आशिष चौधरीले जानकारी दिए ।
Hotel ,Restaurant , Cafe खोल्ने सपना बोकेका युवाहरुलाई नेपालमा नै पहिलो पटक सोही क्षेत्रको व्यवसायीक विकास विषयको कार्यक्रम ल्याउन लागिएको सुदिप पोखरेलले जानकारी दिए । ईच्छुक युवाहरुलाई कार्यक्रहरुको विषयमा जानकारी लिन आमन्त्रण गर्नुका साथै सीप सिक्दा होस् या अन्य कुनैपनि निर्णय गर्दा अरुको बहकावमा नलागी बुझेर निर्णय गर्न अनुरोध गरेका छन् ।






















