भरतपुर / अखिल नेपाल ट्रेड यूनियन महासंघद्धारा वोटलर्स नेपाल (तराई) लिमिटेडले सञ्लान गरेको कोकाकोल कम्पनीमा शुक्रबारबाट आन्दोलन गरेका छन् ।
कम्पनीमा काम गर्ने ४८ जना मजदुरहरुलाई पुर्नरबाहलीको माग राखि आन्दोलन गरेका हुन् ।
मजदुरहरुको पुर्नरबाहली नभएसम्म निरन्तर आन्दोलन गर्ने अखिल नेपाल ट्रेड यूनियन महासंघ
महानगरका अध्यक्ष नवराज लामिछानेले बताए ।

शुक्रबारको प्रेस विज्ञप्तीमा भनिएको छ, ४८ जना श्रमीक मजदुरको यथासक्य छिटो पूनरबहाली गरी तलव तथा सुबिधा कम्पनी व्यवस्थापनबाट उपलब्ध गराउन आग्रह गरेको छ ।
अन्यथा हाम्रो संगठन मजदुर श्रमिकहरुको हकहित र न्यायको लागि संघर्षमा जान बाध्य हुने छौ र यस आन्दोलनबाट उत्पन्न हुने परिणामको बोटलर्स नेपाल (तराई) लि.का व्यवस्थापन स्वयम जिम्मेवारी लिनुपर्ने भनिएको छ । यस आन्दोलनमा सबैलाई सहयोग गरिदिन अपिल पनि गरिएको छ ।























