चितवन / आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ ख को लागि नेकपा माओवादी केन्द्रको तर्फबाट प्रत्यक्षमा जिल्ला सचिव द्रोणबाबु शिवाकोटी सिफारिस हुनुभएको छ ।
पञ्चायती आन्दोलन हुँदै विद्यार्थी राजनितीबाट उदायका सिवाकोटी गणेशस्थानमा बस्तिलाई स्थायित्व गर्नको लागि भुमिका खेल्ने एक अग्रणी अभियन्ता हुनुहुन्छ ।
पाटी तथा बिद्यार्थी संगठनमा चितवन,नवलपरासी लगायतका जिल्ला नेतृत्व तहमा रहेर काम गरिसकेका सिवाकोटी लोकप्रिय राजनितिज्ञको रुपमा परिचित हुनुहुन्छ । सरल स्वभावका उहाँ अहिलेसम्म कुनै लाभको पद धारण नगरेको नेतृत्वमा पर्नुहुन्छ ।
यस्तै अन्य सिफारिस हुनेहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्य सुवेदी पथिक, यम बहादुर परियार, ठाकुर ढकाल र माडी नगर अध्यक्ष प्रभू महतो, गोपाल न्यौपाने र सुमन बराल हुनुहुन्छ ।
प्रदेशको समानुपातिक सांसदमा विष्णु चौधरी, अम्बिका लामिछाने, नन्दलाल दाहाल, नेत्र काफ्ले, निशा न्यौपाने, राजकुमार श्रेष्ठ, देविराम विक, सुरेन्द्र गुरुङ र उमा बस्ताकोटी सिफारिस हुनु भएको छ ।
क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा प्रत्यक्षमा भने अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत सिफारिस भइसक्नु भएकोक छ ।





















