चितवन : चितवनमा विभिन्न पार्टी परित्याग गरि ७५ जना युवाहरु नेकपा (माओवादी) केन्द्रमा प्रवेश गरेका छन् । आइतबार नेकपा एमाले, कांग्रेस, राप्रपा र बिप्लब लगायत बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
वाइसियल नेपालका केन्द्रिय सदस्य किरण सुनारको विशेष पहलमा धन बहादुर मगरको नेतृत्व मा ७५ जना युवाहरु नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको पार्टीका जिल्ला संयोजक रामचन्द्र अधिकारी ‘आरसी’ले जानकारी दिए ।
नवप्रवेशीहरुलाई केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रेणु दाहालले रातो टिका लगाएर पार्टीमा स्वागत गरेकी हुन् ।
पार्टी प्रवेश कार्यक्रममा जिल्ल संयोजक अधिकारी, सचिव द्रोणबाबु सिवाकोटी लगायत नेताहरुको उपस्थिति रहेका थिए ।
निर्वाचन नजिकै गर्दा चितवनमा पार्टी प्रवेशको लहर चलेको नेकपा माओवादी केन्द्रले जनाएको छ।






















