चितवन : आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस हुनुभएको छ ।
अधिकारी भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार समेत हुनुहुन्छ । प्रेस सेन्टर नेकपा माओवादी निकट पत्रकारको संगठन हो ।
नेकपा माओवादी केन्द्र पार्टीको २ नम्बर क्षेत्रिय निर्वाचन परिचालन समितिको बैठकले अधिकारीको नाम सिफारिस गरेको हो ।
प्रेस सेन्टर चितवनको संस्थापनक अध्यक्ष रहनु भएका अधिकारी लामो समयदेखि पत्रकारितामार्फत पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ ।
प्रष्ट वक्ता र खरो स्वाभावका अधिकारी जनयुद्धकाका बेला राज्यद्धारा गिराफ्तारमा परी पटक¬ पटक गरी १४ महिना जेल जीवन बिताउनु भएको थियो । चितवनका युवामाझ लोकप्रिय अधिकारीले पार्टीले प्रदेश सांसदको टिकट दिए सहज जित हासिल गर्ने बताउनुभयो ।





















