चितवन / लायन्स क्लब अफ भरतपुर सप्तरङी र नेपाल लिभर केयर फाउन्डेसनको संयुक्त आयोजना एबम ब्लड डोनर्स सोसाइटी नेपाल ,महानगर युवा सन्जाल ,बेटर चितवन ,बिसहजारी जेसिस ,युथ फर ब्लड चितवन , महाकालेस्वर टोल लगायतका विभिन्न सामाजिक सस्थाहरुको संयुक्त सहकार्यमा भरतपुर १० मा रहेको महाकालेस्वर मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
रक्तदान कार्यक्रममा रक्तदान नै जिवन दान हो भन्दै खुशिका साथ १०० जनाले रक्तदान गर्नुभएकोले १०० पेन्ट ब्लड संकलन भएको थियो ।

लायन्स क्लब अफ भरतपुर सप्तरङीको हेल्थ क्याप कोडिनेटर दिवस घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लब अफ भरतपुर सप्तरङीको अध्यक्ष लायन सिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर लायन सिद्धार्थ लाल चुके , विशिष्ट अतिथि पाष्ट गर्भनर लायन राम प्रसाद भट्ट , विशिष्ट अतिथि भरतपुर वडा न १० का अध्यक्ष परमेश्वर खनाल र अतिथि डिष्ट्रक क्याविनेट सचिव लायन राजेन्द्र प्रसाद गौतम , अतिथि डा. सागर पौडेल , अतिथि जोन चियर पर्सन लायन सरोज खरेल , विभिन्न संघ संस्थाका प्रमुखहरु , समाजसेवी लगायतको भव्य उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि डिष्ट्रिक गर्भनर लायन सिद्धार्थ लाल चुकले आधुनिक विज्ञानले धेरै प्रगति गरेता पनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परिरहेको समयमा लायन्स क्लब अफ भरतपुर सप्तरङीले रक्तदान कार्यक्रमको आयोजना गरेकोेमा धन्यवाद दिनुभयो ।

विशिष्ट अतिथि भरतपुर वडा न १० का अध्यक्ष परमेश्वर खनालले १८ वर्ष उमेर पुगेका जो सुकै निरोगी व्यक्तिले पनि रगत दिनसक्ने बताए । “रक्तदान जीवनदान, रक्तदान महादान“ स्लोगन सहित उपस्थित भएका सबैलाई धन्यबाद दिनुभयो ।
अतिथि डा. सागर पौडेलले ब्लड डोनर्स सोसाइटी नेपाल लगायत विभिन्न संघ संस्थाहरु मिलेर यस्ता सामाजिक काम गर्दै आएको मध्ये यो एउटा महत्वपूर्ण कार्यक्रम गरेको बताए । यस्ता कार्यक्रम आवश्यक अनुसार गदै जानुपर्ने जानकारी मुलक सन्देश दिए । रक्तदातालाई ब्लड दान गर्दा हुने फाईदा, ब्लड दिन सकिने अवस्थाका बारेमा उपस्थितहरुलाई सल्लाह दिनुभएको थियो ।

लायन्स क्लब अफ भरतपुर सप्तरङीको हेल्थ क्याप कोडिनेटर दिवस घिमिरले मानिसको सबैभन्दा पहिले पत्ता लागेको रक्त समुह ए, बी, एबी र ओ थियो, जसलाई डा. कार्ल ल्यान्डस्टीनरले सन् १९०१ मा पत्ता लगाएका थिए । एबी पोजिटिभ रक्तसमुहलाई युनिभर्सल प्रापक मानिछ । यो समुहमा मानिसले कुनै पनि रक्तसमुहको रगत लिन सक्छन्। ओ नेगेटेभिलाई भने युुनिभर्सल डोनर मानिन्छ । यो समुहको रगत भएको मानिसले कुनै पनि रक्त समुहका मानिसका लागि रगत दिन सक्छन् भन्ने सन्देशमुलक जानकारी दिनुभयो । “रक्तदान जीवनदान, रक्तदान महादान“ स्लोगन सहित उत्साहजनक उपस्थितिका साथ रक्तदान गर्नुभएकोमा सबैलाई र यस कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।

लायन्स क्लब अफ भरतपुर सप्तरङीको अध्यक्ष लायन सिता पाण्डेले “रगत दिनुहोस् र विश्वलाई जिवन्त राख्नुहोस” भन्ने मूल नाराका साथ हामीले यो कार्यक्रम गरेको बताउनुभयो ।
उक्त कार्यक्रम लायन्स क्लब अफ भरतपुर सप्तरङीको सचिव दुर्गा सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
























