चितवन / लायन्स क्लब अफ भरतपुर सप्तरङी र नेपाल लिभर केयर फाउन्डेसनको संयुक्त आयोजनामा भोलि रक्तदान कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपाल ,महानगर युवा सन्जाल ,बेटर चितवन ,बिसहजारी जेसिस ,युथ फर ब्लड चितवन , महाकालेस्वर टोल लगायतका विभिन्न सामाजिक सस्थाहरुको संयुक्त सहकार्य हुनेछ ।
मेडिकल सिटिका रुपमा चिनिने चितवनमा रगतको चरम अभाव छ । तुलनात्मक रुपमा दैनिक हुने रक्तदानमा आउने रगत भन्दा खपत दोब्बर जस्तै छ । रक्तसंञ्चार केन्द्रले रगतको मागको दबाब थेग्न नसकेको अबस्था देखिएको छ ।
विभिन्न संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रमहरुबाट सङकलित रगतहरुले केही राहत मिलिरहेको अबस्था छ ।
डेङ्गु महामारीले रगतको चरम अभाव भैरहेको अबस्थामा केही राहत मिलोस भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको लायन्स क्लव अफ भरतपुर सप्तरङ्गीका हेल्थ क्याम्प कोडिनेटर दिवस घिमिरेले जानकारी दिए ।





















