गोरखा / अविरल बर्षाका कारण गोरखाको आबुँखैरहनी को ७ किलोमा बाटोमा पहिरो गई बाटो अबरुद्ध भएको छ ।
अहिले आँबुखैरेनी सडक अवरुद्ध भएको छ । गएराती भएको वर्षात सँगै सडक माथिबाट पहिरो, लेदो माटो खस्दा गोरखा नगरपालिका १२ , सात किलो मोडमा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पहिरोले अवरुद्ध सडक खुलाउने तयारी भईरहेको र एक घण्टा भित्र दुईतर्फी सडक सुचारु हुने ट्राफिक प्रहरी टिका शर्माले बताए ।





















