फेसबुक वालमा रमा कुलुङ लेख्छिन् “कहिले चेपाङ बस्तीमा जाडोले कठ्याङ्ग्रीएकाहरुको न्यानो कपडा लिएर त कहिले भोकले छाक टार्न नसकेकाहरुको लागि खाना सहयोग लिएर जाने, बिदेशमा अलपत्र परेका नेपाली सम्म ल्याउन सफल त्यती मात्र नभएर आफ्नो ज्यानको पर्वाह नगरी दुखको साथी अभियान चलाएर अस्तिको लकडाउनमा धेरै पिडितहरुको राहत बन्नुहुने तर पनि आफूलाई सामान्य मान्छे भन्न रुचाउने प्रीय दिजु Devika Kunwar लाई अग्रिम शुभकामना, राम्रो लाई चुनौ हाम्रो लाई हैन।
त्यस्तै गरि अर्को महिला जमुना परियार (भरतपुर महानगरपालिका वडा नम्बर ११दरबार चोक टोल कि पुर्व अध्यक्ष ) लेख्छिन् समाजसेवी तथा सामाजिक अभियन्ता यहाले कोरोना महामारि को समय मा दुख को साथि अभियान मार्फत दुखि गरिब तथा बिशेष गरि कोरोना को समय मा सुत्केरि महिला को लागि पोषण युक्त खाना उपलब्ध गराउने काम होस या बिदेश मा अलपत्र परेकाको उद्धारमा सधै अग्रसर हुने हजुर ले चितवन क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्य को लागि स्वतन्त्र उम्मेदवारी दिनु भएको हजुर लाई जित को शुभकामना छ देविका जी अधिकांस समाजसेवाका कार्यहरु व्यक्तिगत रकमबाट गर्न रुचाउने कुवर साँच्चिकै चितवनबासीले नदेखेको रत्न हो। उनी आफुलाइ लेखिकाको रुपमा प्रस्तुत गर्दै धेरै समसामयिक विषयमा कलम पनि चलाउँछिन्।





















