चितवन / ईट्टा बिक्रि व्यवसायी समिती चितवनको समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको छ । भरतपुरमा भएको नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौँ सम्मेलनका सगैँ समिति माओवादी केन्द्रमा प्रवेश गरेको हो ।
नवप्रवेशीहरुलाई माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र माओवादी केन्द्र चितवनकी ईन्चार्ज तथा भरतपुर महानगरका मेयर समेत रहनुभएकी रेनु दाहाल र जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले संयुक्त रुपमा टिका माला लगाएर प्रवेश गराउनुभएको थियो ।
व्यवसायी धनबहादुर पाख्रिनको नेतृत्वमा ६४ जना पार्टी प्रवेश गरेको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । YCL नेपालको केन्द्रीय सदस्य किरण सुनुवार को पहल कदमीमा भएको प्रबेश कार्यक्रममा नव प्रबेशी हरुले राष्ट्रिय नेता, गणतन्त्रका पिता अध्यक्ष प्रचण्ड लाई जिताउने अभियानमा लाग्ने अठोट गरेका छन ।





















