काठमाडौ / काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसको अनधिकृत संरचनामा डोजर चलाइएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्वमा डोजर चलाइए हो । अल्फा हाउसका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि उक्त संरचना भत्काइएको हो ।
बिहान सोही स्थानमा पुगेका शाहसँग घरबेटी द्विराज शर्मासँग झोक्किँदै सवाल जवाफमा उत्रिएका थिए । तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् । बालेन, नगर प्रहरी, नेपाल प्रहरी लगायतका टोली घटनास्थल पुगेका थिए।





















