चितवन / बन तथा बाताबरण मन्त्री प्रदिप कुमार यादबले पर्सा जिल्लाले प्रचण्ड जस्तो राष्ट्रिय नेता कहिल्यै पाएन तर चितवनले पाएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसंगै माडी आएका बन तथा बाताबरण मन्त्री प्रदिप कुमार यादबले पुल उद्घाटन तथा शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । आँफु आज मन्त्री भएको ४८ दिन हुँदा माडी २ पटक आएको बताए ।
उनले माडीको समस्याप्रति आँफु अन्त्यन्त चिन्तित रहेको र माडीबासी जनताले असल र राम्रो राष्ट्रिय नेता प्रचण्ड पाएकोप्रती खुशी व्यक्त गर्दै माडीका जनता भाग्यमानी रहेको बताए । साथै उनले, आँफुलाई बारम्बार प्रचण्डले बोलाएर माडीको समस्या अबगत गराउदै तत्काल ती समस्याको समाधानमा लाग्न जोड दिएको बताए ।
उनले माडीको बिकासमा अबरोध गर्नेप्रती गहिरो कटाक्ष गर्दै, बेनामे उजुरी र हल्ला गर्दै सुप्रिम कोटले सडकको काम रोकेको प्रती आरोप लगाए ।
उनी भन्छन् बिकास नहुनु प्रमुख कारण काम गर्न नदिने होहल्ला प्रचारबाजी र वकिलले बिवाद देखाएर मुद्दा हाल्ने अनि अदालतले पुर्ण पाठ नपढी निर्णय गर्ने परिबृतीको असर रहेको बताए । पुल उद्घाटन तथा शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादबले खुलेरै प्रचण्डको तारिफ गरेका थिए ।
म सत्य बोल्न डराउदिन हाम्रो पार्टी फरक भएपनि बाटो एउटै रहेको बताउदै मन्त्री यादबले अब एकचोटी माडीको समग्र बिकासको लागि प्रचण्डलाई जिताउन माडीबासी जनता समक्ष आग्रह गरे । यदि यहाँहरुले राष्ट्रिय नेतालाई जिताउन चाहनुहुन्न भने म उहाँलाई पर्सा जिल्लाबाट चुनाव लड्न आग्रह गर्छु, बरु म उहाँका लागि आफ्नो निर्वाचन क्षेत्र छाड्न तयार रहेको बताए ।
बन तथा बाताबरण मन्त्रालय भनेको ताली नभई गाली खाने मन्त्रालय भएको हुँदा काम गर्न त्यति धेरै सहज नभएको भएपनि आँफुले माडीको समस्या समाधान गर्न र निकुञ्जको द्वन्द्व समाधान गर्न र १५ दिन भित्र हात्ती र बाघ भगाउने यन्त्र उपलब्ध गराउने समेत उनको प्रतिबद्धता थियो ।
साथै उनले विद्युतको अवस्थालाई समेत स्मरण गर्दै, यसको लागि बैकल्पिक विद्युत जडानका लागि बाताबरणीय अध्यन गर्नुपर्ने निकुञ्जको नियम प्रती आपत्ति जनाए । उनले पहिला विद्युत जडान गर्दा नै इआइए गरिसकेको अहिले फेरी गर्नुपर्ने रु भन्दै निकुञ्जका वार्डेनलाई प्रश्न गरेका थिए ।
यसैगरी उनले, नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री ओलीप्रती कटाक्ष गर्दै, बिगतमा ओलीकै दम्भका कारण सारा जनताले दुख पाएको बताए । ओलीको घमण्ड स्वभावका कारण आँफु बेलुका सुत्दा मन्त्री रहेको र बिहान उठ्दा मन्त्री पद नै नरहेको बताए ।
यस्तो खालको अबस्थाले गर्दापनि त्यो समयमा मन्त्रीहरुले चाहेको बिकासका कामहरु गर्न नसकेको उनको जिकिर थियो । काम धेरै भए, तर केही कामहरु कोरोनाले गर्न दिएन २ बर्ष कोरोना नियन्त्रणमा नै लड्नुपरेको उनको भनाइ थियो ।
पर्सा जिल्लाबाट चुनाव लड्न प्रचण्डलाई वनमन्त्री यादवको आग्रह
पर्सा जिल्लाबाट चुनाव लड्न प्रचण्डलाई वनमन्त्री यादवको आग्रह
"सान्दार अनलाईन "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















