चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आउने दिनमा माडी मणी बन्ने बताएका छन् ।
बुधबार पुल उद्घाटन तथा शिलान्यास गर्न माडी आएका प्रचण्डले कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनी भन्छन् बि.स. २०७४ सालको निर्वाचनमा मलाई जिताउन आएका तत्कालीन पार्टी अध्यक्ष ओली र म दुबै जना एउटै मंचमा उभिएर माडीलाई मणी बनाउने उदघोष गरेकै हौं ।
तर बीचमा कोरोना कहर र राजनीतिक अस्थिरता र पार्टी टुटफुटको संघारले कयौं सपनाहरू चकनाचुर भएको उनको भनाइ थियो । तर आत्तिनु पर्दैन, बिरुवाहरु रोपिएका छन् ।
फुल्छ्न् फल्छन् र बिकासले गति लिन्छ । लालपुर्जाको कामलाई गति दिएको र माडीलाई मणीको सवालमा यस्तो प्रतिक्रिया दिएका थिए । बिगतमा निकुञ्जभित्र आकाशे पुल, ठाडा खोलाहरुमा तटबन्धन, निकुञ्जको बाटो कालोपत्रे बनाउने, लगाएतका विविध बिकासका योजनाहरु बनाएकै हो । तर विविध कारणहरुले हुन सकेन । तर भएन भन्न अझ सकिदैन । जसरी म पहिला माडीको बिकासको लागि जति चिन्तित थिए ।
अहिले पनि त्यति नै त्यसरी नै दौडधुप गरेकै छु । माडीमा पुल निर्माण र सडक बिस्तार रिउ तटबन्धन लगाएतका अन्य बिकास निर्माणका कामहरु पनि भएका छन् ।
यसैगरी शिक्षा क्षेत्रमा ठुलो कायापलट भएको छ । देशका झन्डै १२ ओटा जिल्लाका बिद्यार्थीहरु पढ्नको लागि माडी आउने बाताबरण बनेको छ । यो संगै यहाँको कृषि क्षेत्र र माछापालन र विद्युतिकरणको लागि पनि नयाँ बिकासको उर्जा अगाडि बढेको उनको भनाइ छ । बिकासका कयौं चाहनाहरु अझै आफ्नो रहेको हुँदा ७४ सालदेखिका अधुरा कामहरु पूरा गरेरै छाड्ने उनको प्रतिबद्धता थियो ।
नारायणी नदीमा केहिदिनभित्र नयाँ पुल शिलान्यास गर्ने उनको भनाइ छ । यसैगरी उनले, अड्किएका कामहरु र छिटै नै बाँदरझुलाको समस्या समाधान हुने र उनीहरुलाई त्यहाँ नै स्थायी बसोबासको ब्यबस्था गर्ने बताए ।
अबको ३ दिन भित्रमा नै डिजिपिएस मेसिन ल्याएर नापीको प्रक्रिया सम्पन्न गराउने उनको भनाइ थियो । तर कार्यक्रममा उनले कसैप्रती कटाक्ष प्रहार भने गरेनन् ।





















