चितवन / मजदुरहरुको हक हितको लागि काम गर्दै आएको अखिल नेपाल टे«ड यूनियन महासँघद्धारा भरतपुर वडा न ९ मा रहेको बोटलर्स नेपाल (तराई) लि (कोकाकोला कम्पनी ) लाई ४८ जना श्रमीक मजदुरको यथासक्य छिटो पुर्नरबहाली गरी तलव तथा सुबिधा कम्पनी व्यवस्थापनबाट उपलब्ध गराईदिन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
बुधबार अखिल नेपाल टे«ड यूनियन महासँघ भरतपुर महानगरका अध्यक्ष नवराज लामिछानेले बोटलर्स नेपाल (तराई) लि का एच आर मेनेजर मिरोज श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् । महानगरले गरेको यस कार्यको अखिल नेपाल टे«ड यूनियन महासँघ जिल्ला समितिले पनि समर्थन गरेको जिल्ला संयोजक यदुमणि कंडेल र सह संयोजक पुष्कर भण्डारीले जानकारी दिएका छन् ।

ज्ञापन पत्र बुझाउदै अध्यक्ष लामिछानेले माग पुरा नगरे हाम्रो संगठन मजदुर श्रमिकहरुको हकहित र न्यायको लागि संघर्षमा जान बाध्य हुने छौ र यस आन्दोलनबाट उत्पन्न हुने परिणामको बोटलर्स नेपाल (तराई) लि.का व्यवस्थापन स्वयम जिम्मेवारी लिनुपर्ने बताएका थिए ।
यहाँ काम गर्ने मजदुरहरुलाई विभिन्न वहाना बनाई रोजगार विहिन गराएको भन्ने बुझिएकोमा विभिन्न समयमा गरिएका वार्ता फोनसंम्बाद र छलफल गर्दा समेत बेवस्ता गर्दै व्यवस्थापन पक्षले मजदुरहरुलाई आन्दोलन तर्फ उत्तेजित पारेको र समस्या समाधानमा गम्भीर नदेखीएकोले हाम्रा श्रमिक मजदुर साथीहरुको माग सम्बोधन गर्ने कुनै किसिमको प्रक्रिया यस कम्पनी व्यवस्थापनले नगरेको महानगर सचिव गोविन्द तिवारी जानकारी दिए ।
त्यस्तै ज्ञापन पत्र बुझाउदा भरतपुर वडा नं. ९ र १२ का स्थानिय बुद्धिजिविहरु भव्य उपस्थिति थियो ।

ज्ञापन पत्र
हाम्रो महान तथा गौरवसाली संगठन अखिल नेपाल टे«ड यूनियन महासँघ गरिखाने श्रमिक मजदुरहरुको हक अधिकार र समस्या समाधानमा अग्रणी नेतृत्व गर्दै आएको सबैमा जगजाहेर नै छ, यसै सन्र्दभमा बोटलर्स नेपाल (तराई) लि.मा स्थापना कालमा वडा नं. ९ र १२ का स्थानिय बासिन्दा सँग भएका सहमति सम्झौता कार्यान्वयन नगरेको र विगत ४/५ वर्ष देखि वयर हाँउस विभागमा लोड तथा अनलोड काम गर्दै आइरहेको मजदुरहरुलाई विभिन्न वहाना बनाई रोजगार विहिन गराएको भन्ने बुझिएकोमा विभिन्न समयमा गरिएका वार्ता फोनसंम्बाद र छलफल गर्दा समेत बेवस्ता गर्दै व्यवस्थापन पक्षले मजदुरहरुलाई आन्दोलन तर्फ उत्तेजित पारेको र समस्या समाधानमा गम्भीर नदेखीएकोले हाम्रा श्रमिक मजदुर साथीहरुको माग सम्बोधन गर्ने कुनै किसिमको प्रक्रिया यस कम्पनी व्यवस्थापनले नगरेको पाइएकोले हाम्रो अखिल नेपाल ट्रेड यूनियन महासँघ महानगर समिति आन्दोलनरत श्रमीक मजदुरको आन्दोलन प्रति हाम्रो संगठनको पूर्ण समर्थन रहेको जानकारी गराउँदछौ साथै आन्दोलनरत ४८ जना श्रमीक मजदुरको यथासक्य छिटो पूनरबहाली गरी तलव तथा सुबिधा कम्पनी व्यवस्थापनबाट उपलब्ध गराईदिनु हुन सात दिनको समय सिमा निर्धारण गर्दछौ अन्यथा हाम्रो संगठन मजदुर श्रमिकहरुको हकहित र न्यायको लागि संघर्षमा जान बाध्य हुने छौ र यस आन्दोलनबाट उत्पन्न हुने परिणामको बोटलर्स नेपाल (तराई) लि.का व्यवस्थापन स्वयम जिम्मेवारी हुने छ भनि जानकारी गराउँदछौ ।
हाम्रा मागहरु
कम्पनी स्थापनाकालमा सेवाक्षेत्र भित्रका जिम्मेवारी सम्झौता अनुसार पुरा हुन नसकेको र कम्पनीको प्रभाव क्षेत्रमा वासिन्दालाई परेका समस्या यथासिध्र समाधान गरियोस ।
१. यस कम्पनीबाट निष्कासित ४८ जना श्रमिक मजदुरहरुलाई यथासिध्र पूर्नरबहाली होस् ।
२. क) खानेपानी समस्या ख) स्वास्थ्य सम्बन्धी समस्या
ग) सरसफाई सम्बन्धी समस्या घ) वायू प्रदुषण सम्बन्धी समस्या
ङ) शिक्षा सम्बन्धी समस्या च) विकाश सम्बन्धी
सचिव
गोविन्द तिवारी
अध्यक्ष नवराज लामिछाने






















