काठमाडौं / संस्कृत साहित्यका विद्वान तथा साहित्यकार प्रा.डा. विष्णुराज आत्रेय (लाटो साथी) को निधन भएको छ । शुक्रबार बिहान साहित्यकार लाटो साथीको काठमाडौंमा निधन भएको हो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले शुक्रबार बिहानै उहाँको आर्यघाटमा अन्तिम संस्कार गरिने बताउनुभयो । साहित्यकार आत्रेय भवानि भिक्षु स्मृति प्रतिष्ठानका अध्यक्ष पनि हुनुहुन्थ्यो ।
नेपाली साहित्य क्षेत्रमा क्रियाशिल वरिष्ठ साहित्यकारहरुले उहाँको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
वि.सं. २००३ साल पुष २५ गते जन्मिनुभएका साहित्यकार आत्रेय संस्कृत साहित्यको प्रकाण्ड विद्वानका रुपमा चिनिनुहुन्छ ।





















