काठमाडौं / नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।
बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ। उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन ।
त्यस्तै चितवनमा बिहानै जबरजस्ती बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ८ः२० बजेसम्म जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
चितवनमा बिहानै जबरजस्ती बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ८ः२० बजेसम्म जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।





















