चितवन / युवाहरुको गौरवशाली सङ्गठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को राष्ट्रिय भेलाले सुवोध श्रीपालीको नेतृत्वमा नयाँ केन्द्रीय समिति घोषणा भएको छ ।
राजधानीमा सम्पन्न भेलाले श्रीपालीको अध्यक्षतामा ३५१ सदस्यीय नयाँ समिति घोषणा गरेको हो । जसको पदाधिकारीमात्रै ६१ जनाको बनेको छ ।
केन्द्रिय सदस्यमा चितवनबाट ७ जना परेका छन् ।
चितवनका १ एक जना पदाधिकारीसहित ७ जना केन्द्रिय समितिमा परेका हुन् । चितवनको युवाहरुको शान कोषाध्यक्षमा सन्तोष पनेरु र केन्द्रीय सदस्यमा क्रमश – साजन अधिकारी, रामु गोदार, अबिरल पोख्रेल, किरण सुनार, विजय सिंह र प्रजित रुवाली रहेको छन् । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए । देवकोटाको ४० वर्षे उमेर हद कटेपछि श्रीपालीको थाप्लोमा नेतृत्व आएको हो ।





















