चितवन / भरतपुरमा एनपिआइ फुटसल कप Central college of vocational training pvt.Ltd. को मुख्य प्रायोजनमा हुने भएको छ ।
रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सहित विद्यार्थीहरुको माझमा लोकप्रिय बन्दै आएको अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईको आयोजनामा भदौ ८ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेछ ।

अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईका संयोजक संगम तामाङले प्रतियोगितामा ४० टिम सहभागि हुने जानकारी दिनुभयो । उहाँका अनुसार चितवन सहित मकवानपुर, नवलपुरका कलेजले सहभागिता जनाउनेछन् ।
क्षेत्रपुरको ब्रोदर्स फुटसल अरिनामा खेल हुनेछ । खेलहरु १० मिनेटको हुनेछन् । प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ भने नेपाल पोलिटेक्निक इन्स्टिच्युटले सहप्रायोजन गरेको छ ।

विजेताले ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफि, प्रमाणपत्र पाउनेछन् । खेल तालिका मंगलबार साँझ सार्वजनिक गरिने बताउनुभयो । ७ गते दिउसो ४ बजे अखिल (क्रान्तिकारी) जिल्ला समिति र वाइसिएल जिल्ला समितिको मैत्रीपुर्ण खेल आयोजना हुनेछ ।
यो फुटसल प्रतियोगिता अन्तर कलेज स्तरमा हालसम्मकै ठुलो धनराशिको भएको आयोजकले जनाएको छ ।






















