चितवन / नेपाल कृषि पत्रकार महासंघ बागमती प्रदेशले कृषि पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। बिहीबार भरतपुर महानगरपालिका वडा नं २३ जगतपुरमा प्रदेशस्तरीय भेलाको आयोजना गरि ‘बागमती प्रदेशको कृषि विकासमा पत्रकारको भूमिका’ का विषयमा सरोकारवालाहरुसँग छलफल गरिएको हो।
उक्त कार्यक्रमको उद्घाटन गर्दै वागमती प्रदेशका कृषिमन्त्री बसुन्धरा हुमागाईले किसानका समस्यालाई मध्येनजर गर्दै किसान र सरकारबीच पुलको काम गर्ने बताए। कृषि क्षेत्रमा कलम चलाउने पत्रकारलाई वास्तविक किसानले भोगेका समस्यालाई सञ्चार माध्यममा ल्याउन आग्रह गर्दै उक्त समस्यामा आफुले किसानहरुलाई मन्त्री हुमागाईले आफुँ कृषिमन्त्रीको पदमा हुँदासम्म मात्र नभई जुनसुकै बेला पनि सकेसम्मको सहयोग गर्न तयार रहेको बताए।
महासंघले यसै कार्यक्रमबाट बागमती प्रदेशका क्रियाशील पत्रकारहरुको भेलाबाट कमिटी गठन गरेको छ। उक्त भेलाबाट नेपाल कृषि पत्रकार महासंघ वागमती प्रदेश समितिको अध्यक्षमा मनिष अधिकारी सर्वसम्मत चयन भएका छन्।
त्यस्तै प्रदेश शाखाको उपाध्यक्षमा कान्तिपुरका सिन्धुली सवांददाता रामकुमार कार्की, सचिवमा नागरिक दैनिकका मधुसुदन गुरागाई, सहसचिवमा चितवन पोष्ट दैनिकका संवाददाता रामशरण गैरे, कोषायक्षमा टिभी डुडेका चितवन संवाददाता दिलीप डल्लाकोटी चयन भएका छन् । भने सदस्यहरुमा दोलखाबाट अविरल बस्नेत, ललीतपुरबाट सुभानु आचार्य, सिन्धुपाल्चोकबाट विदुर गिरी, रामेछापबाट सुर्दशन राय, चितवनबाट कमला भुसाल र कृष्ण प्रसाद खनाल सर्बसम्मत चयन भएका छन् ।
सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय अध्यक्ष बैकुण्ठ भण्डारी, महासचिव पवन श्रेष्ठ, सचिव गोपाल आलेमगर र पत्रकार गोमा पाण्डेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको साझा संस्थाका रुपमा स्थापना भएको कृषि पत्रकार महांघले पेशागत अधिकार र श्रमजिवी कृषि पत्रकारको आवाज बुलन्द बनाउँदैं सम्बन्धित निकायसम्म पु¥याउने मुख्य उदेश्यले रहेको महासंघका केन्द्रीय अध्यक्ष बैकुण्ठ भण्डारीले बताए।





















