चितवन / अखिल नेपाल ट्रेड युनियन महासंघको अन्तरगत महिला जिल्ला समिति चितवनको पाँचौ जिल्ला सम्मेलन शनिबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र चितवनको ईन्चार्ज तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले राजनीतिक परिवर्तनमा महिलाको भूमिका महत्वपुर्ण रहेको वताउँदै उहाँले महिलाहरुलाई नीति निर्माणमा सहभागिता गराउनु पर्ने वताउनु भयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तरगत महिला जिल्ला समिति चितवनको अध्यक्ष शावित्री पौडेल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशका मन्त्री घनश्याम दाहाल, नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, सचिव दोर्णवावु सिवाकोटी, नेकपा माओवादी केन्द्र चितवनका नेताहरु यम बहादुर परियार, इश्वर सापकोटा, संगिता भट्टराई, शर्मिला गोले, महिला समितिका केन्द्रिय अध्यक्ष विष्णु थापा, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य धनु दाहाल, जिल्ला संयोजक यदुमणी कँडेल , अखिल नेपाल ट्रेड युनियन महासंघको महानगर कमिटिको फ्रयाक्सन ईन्र्चाज पवित्रा रिजाल लगायतको सहभागिता रहेको थियो । यसैगरी सम्मेलनले पुन: सावित्री पौडेलको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको छ ।






















