झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन् ।
उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए । शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए ।
परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरी पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनले दावी गरे ।
झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको उनले बताए। आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको र जतिसक्दो चाँडो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने उनको भनाइ छ ।





















