काठमाडौं / नेकपा माओवादी केन्द्रले महासचिवमा देव गुरुङको सम्भावना बढेर गएको छ। जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर परिरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकल्पमा गुरुङलाई अघि सार्न लागेका हुन्।
आज बस्ने स्थायी कमिटीको बैठकले पदाधिकारी टुङ्गो लगाउने प्रवक्ता कृष्ण बहादुर महराले बताए।
अहिलेसम्म महासचिवमा गुरुङसहित ,जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल लगायतले आकांक्षा व्यक्त गरिरहेका छन्। उनीहरु शर्मा र पुनको बढी चर्चा भइरहेको थियो।
शर्मा र पुनलाई उछिन्दै गुरुङ महासचिव बन्ने सम्भावना बढि देखिएको स्रोतले बतायो। हिजोको बैठकमा प्रचण्डको अभिव्यक्तिले धेरैले गुरुङलाई प्रचण्डले महासचिव बनाउन खोजेको बुझेका छन् ।
गत वर्ष पुस ११ देखी २५ सम्म आठौँ राष्ट्रिय महाधिवेशनको आयोजना गरेको भएपनि अझै पदाधिकारी छान्न सकेको छैन । त्यसो त पदाधिकारी छान्न बिहान ८ बजेको लागि बोलाइएको बैठक दिउँसो ४ बजेको लागि सारिएको छ।





















