चितवन / भरतपुर महानगरपालिकाको आर्थिक बर्ष ०७८ /०७९ को बार्सिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक बर्ष ०७८ / ०७९ मा महानगरबाट भएका शिक्षा, स्वास्थ, खानेपानी, कृषि, आम्दानी र खर्च, विकास निर्माण लगाएत अन्य कार्यक्रमहरुको बारेमा समिक्षा तथा प्रस्तुतिकरण गरिएको छ ।
समीक्षा गोष्ठीमा सबै विषयगत शाखा प्रमुखले शाखागत रुपमा पेश गरेका प्रत्येक प्रगति प्रतिवेदन उपर व्यापक छलफल र समीक्षा समेत भएको छ । गोष्ठीमा उठेका विषय माथी आफ्नो धारणा प्रस्तुत गर्दै उप प्रमुख चित्रसेन अधिकारीले समग्रमा महानगरको बिकास निर्माणमा प्रगति भएको बताउनु भएको छ । उप प्रमुख अधिकारीले बिकास निर्माणमा महानगरको प्रगति भए पनि टेन्डर पाएकाहरुले समयमै काम सम्पन्न नगर्दा महानगरको बिकास नदेखिएको बताउनु भयो ।
टेन्डर प्रक्रियामा गएका हरुलाइ तोडेर नयाँ प्रक्रियामा जान महानगर अब अगाडि बढ्छ उहाँले भन्नू भयो । साना तिना बजेटले समस्या निकालेको भन्दै उप प्रमुख अधिकारीले प्रदेश र सघ सग पनि बजेट माग्न तिर सबैको ध्यान केन्द्रित गर्न आबश्यक रहेको बताउनु भयो।
बलैमा समिक्षा गर्न नसक्दा बजेट फृज भएकोमा दुख व्यक्त गर्दै उहाँले वेरुजुको बारेमा तत्काल छलफल गर्न जरुरी रहेको समेत प्रष्ट पार्नुभयो । सु शासनलाई शब्दमा मात्रै नभई व्यवहारमा उतार्न पनि सबै कर्मचारीहरु सग आग्रह पनि गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट समग्र प्रगति प्रतिवेदन पेश भइ प्रत्येक प्रतिवेदन उपर व्यापक छलफल र समीक्षा भयो । २९ वटै वडाका सचिवहरुले आफ्नो वडा भित्र एक आर्थिक बर्षमा निर्माण भएका र हुन बाकी रहेका विकास निर्माणका प्रगती प्रतिवेदनहरु प्रस्तुत गरि छलफल भइ समिक्षा समेत भएको छ ।
गोष्ठीमा बिकास निर्माणका काममा विभिन्न अवरोध हुनु, ठेकेदार कम्पनीहरुको चरम लापरबाही, अवैध चोरी निकाशी तथा उत्खनन लगाएतका विषयहरुमा छलफल गरिएको छ । समग्रमा भरतपुर महानगरपालिकाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको मेयर रेनु दाहालले जानकारी दिनुभयो । गोष्ठीमा जम्मा ४७ वटा प्रस्तुती प्रस्तुत गरिएको छ ।





















