काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धन देशद्रोही भएको बताएका छन्। ललितपुरमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले पाँच दलीय गठबन्धनले देश बनाउने एमालेको लक्ष्यलाई पूरा गर्न नदिएको आरोप लगाएका छन्।
उनले नेपाली काँग्रेस नीतिहीन र सिद्धान्तहीन गन्तव्यतिर गइरहेको बताए। उनले भने, ‘यो देशद्रोही गठबन्धन हो। यल्ले नेपाली जनतालाई ढाँट्छ। एमसीसीलाई पत्र लेख्छ, लेखेको छैन भन्छ। लेखेको पत्र त आइसक्यो भन्यो, होइन भन्छ। त्यस्तो होइन भने त्यस्तै चाहिँ होइन लेख्न चाहिँ लेखेकै हो भन्छ।’
ओलीले सरकारको नेतृत्व गरिरहेको काँग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताए। उनले इतिहासमा पनि पटक-पटक देश विरोधी काम गर्दै आएको काँग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको आरोप लगाए। ओलीले भने, ‘काँग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन।
अरू पार्टीको त चर्चा नगरौं, समय बेकारमा किन खर्च गर्ने ! काँग्रेस नीति, आचरण, सिद्धान्त, व्यवहारमा केहीमा पनि लोकतान्त्रिक रहेन।’





















