काठमाडौं / सरकारले आज बुधबारदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाएको छ। बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिण्डर भए गेटबाटै फर्काउने गरेको छ। गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिण्डर छिर्न नदिन गृह मन्त्रालयले आदेश दिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिण्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए।
सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो।





















