पशु स्वास्थ्य विधेयकविरुद्ध चितवनका भेटनरी विद्यार्थी आन्दोलित
" मन्त्री सिंहको पुत्ला जलाए "
सान्दार अनलाईन
बुधबार, भदौ ०१, २०७९
प्रकाशित
Advertisement
चितवन / पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक,२०७९ विरुद्ध चितवनका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
मंगलबार साँझ भरतपुरस्थित नेपाल पोलिटेक्निक ईन्स्टिच्युटका विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । आन्दोलित विद्यार्थीहरुले विधेयक फिर्ताको माग गरेका छन् ।
उनीहरुले कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहविरुद्ध पनि चर्को नाराबाजी गर्नुका साथै उनको पुत्ला जलाएका थिए । विद्यार्थीहरुले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक फिर्ता गर’, ‘विकासमन्त्री मृगेन्द्र सिंह मुर्दाबाद’, ‘हाम्रो पेशा हाम्रो सान, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।
केही महिने तालिम लिएका तथा डिप्लोमा गरेकाहरुलाई पनि ब्याचलर तथा सो भन्दा माथिको तहसँगै राखेर मुल्यांकन गर्न नहुने उनीहरुको भनाइ छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक,२०७९ बहुमतले पारित गरेको थियो ।