चितवन / योङ्ग कम्यूनिष्ट लिग नेपाल (वाइसियल नेपाल) भरतपुर महानगरपालिकाको अध्यक्षमा सतिस ढकाल सर्वसहमत निर्वाचित भएका छन् ।
आज (शनिबार) पार्टी कार्यालय कृष्णपुरमा सम्पन्न महानगर भेलाले ढकालको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपाध्याक्षमा स्मतसुनार दुर्गा सुवेदी, सुजिता बयलकोटी, सचिवमा मौसम अधिकारी, सहसचिवहरुमा कृष्ण कंडेल, चन्द्रकला ओझा, अन्जना श्रेष्ठ, विमला पौडेल, शिवु क्षेत्री, कृशव पौडेल, राजु श्रेष्ठ र कोषाध्यक्षमा विकास श्रेष्ठलाई निर्वाचित गरेको हो ।






















