काठमाडौं / सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
कम्पनीहरुले ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेका छन् भने गत आवको असार महिनामा मात्र १७ अर्ब ६७ करोड आर्जन गरेका छन् ।
समितिको तथ्यांकअनुसार असार मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ३५ अर्ब ३८ करोड रुपैयाँ बिमाशुल्क आर्जन गर्न गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनीले १८ अर्ब २२ करोड, नेसनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड, राष्ट्रिय बिमा संस्थानले ८ अर्ब ४७ करोड रुपैयाँ, युनियन लाइफले ७ अर्ब ९२ करोड रुपैयाँ, एसियन लाइफले ६ अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेका छन् ।
त्यसैगरी सिटिजन लाइफले ५ अर्ब ४३ करोड, मेट लाइफले ५ अर्ब २३ करोड, सूर्या लाइफले ४ अर्ब ९९ करोड, प्राइम लाइफले ४३ अर्ब ६० करोड र रिलायबल नेपाल लाइफले ३ अर्ब ९४ करोड रुपैयाँ , ज्योति लाइफको ३ अर्ब ८० करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ५३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, सन नेपाल लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ, रिलायन्स लाइफले ३ अर्ब १२ करोड रुपैयाँ, गुराँस लाइफले ३ अर्ब ८ करोड रुपैयाँ, प्रभु लाइफले २ अर्ब ३९ करोड रुपैयाँ, सानिमा लाइफले २ अर्ब ३१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
![]()





















