काठमाडौ / राष्ट्रिय टिम तयारी समितिका संयोजक तथा १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको सहायक सेभ द मिसन समेत रहेका रिमबहादुर रानाभाटले नेपालमा भएकाे १३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।
युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सहायक सेभ दि मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटीमा प्रस्तुत पेश गरेका छन् । रानाभाटले प्रतिवेदन सार्वजनिक गरेपछि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रानाभाटलाई धन्यवाद समेत दिनुभयाे ।
१३औं साग सबै सरोकारवाला निकायको सामूहिक प्रयासका कारण ठूलो सफलता हासिल गरेकाे उहाँको भनाई छ। उता अध्यक्ष श्रेष्ठले साे प्रतिवेदन भविष्यको कार्यक्रमका लागि पनि प्रभावकारि हुने जानकारि दिनुभएकाे छ ।
कार्यक्रममा साेहि ओलम्पिक कमिटीका उपाध्यक्ष अशोकरत्न बज्राचार्य, चतुरानन्द राज वैद्य र महासचिव नीलेन्द्रराज श्रेष्ठको सहितका सहभागिता थियो ।गत वर्ष १५ देखि २४ मंसिरसम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको प्रतियोगितामा नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कांस्यपदकसहित कुल २०७ पदक जित्दै दोस्रो स्थानमा चुमेकाे थियाे।
कुनै पनि सागमा नेपालले जितेको यो सबैभन्दा धेरै स्वर्ण र पदक यसै साग प्रतियाेगितामा नै
हो ।





















