चितवन / चितवनमा नेपाली कांग्रेसको सदस्यता परित्याग गर्ने कार्यकर्ता बढेको भन्दै निवर्तमान जिल्ला सचिव उत्तम जोशीले चिन्ता व्यक्त गरेका छन ।
जिल्लाका पत्रकारहरुसंग कुराकानी गर्दै जोशीले उक्त चिन्ता व्यक्त गरेका हुन् । पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्ताले सदस्यता परित्याग गर्दा कांग्रेसलाई संकट पर्न सक्ने उनको भनाई ।
बिभिन्न स्थानीय तहमा लामो समय नेतृत्व गरेका, पार्टी र भातृ संस्थाको नेतृत्व गरिसकेका व्यक्तिहरुले पार्टी छाड्नु दुखद छ, सचिव जोशीले भने – “यसबारेमा गम्भीर बन्न पार्टीको नेतृत्वसँग माग गर्दछु । यथाशिघ्र गंभिर बन्नु आवश्यक छ ।”
पार्टी नेतृत्वप्रति अहिलेकै गतिमा असन्तुष्टि बढ्दै गए पार्टीप्रति नै बितृष्णा जाग्न सक्ने हुँदा सकभर पार्टीभित्रै बसेर आन्तरिक संघर्ष गर्न निवर्तमान सचिव जोशीको सुझाब छ । गत जिल्ला अधिवेशनमा सभापतिका उमेदवार रहेका युवा नेता जोशीले लोकप्रिय लोकप्रिय मत प्राप्त गरेका थिए ।
भुइँ कटरहर समूहलाई पनि संवोधन गरौं
निवर्तमान सचिव जोशीले गत स्थानीय तहको निर्वाचनका बेला बिद्रोह गरेकाहरुलाई पनि पार्टीमा फिर्ता बोलाउन आह्वान गरेका छन् ।
बिशेष परिस्थितमा उत्पन्न भएका घट्नाक्रमलाई सँधै उहि नजरले हेर्दा पार्टीलाई घाटा पुग्ने उनले औँल्याएका छन् ।
चुनाबका बेला कार्वाही गरिएका र सोहि कारण पार्टीबाट टाढीएकालाई संघ र प्रदेशको चुनाब अघि मूल धारमा फर्काउने पहलकदमी लिन जिल्ला नेतृत्वको जोशीले ध्यानाकर्षण गराएका छन् ।
गत स्थानीय तह निर्वाचनमा माओबादीलाई भरतपुरको मेयर छाडेपछि काँग्रेसमा केही नेताले बिद्रोह गरेका थिए ।





















